स्विच एक्सेस

२.४
२३.२ हजार समीक्षाहरू
५० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
3+ का लागि उपयुक्त
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

स्विच वा अगाडिको क्यामेरा प्रयोग गरी आफ्नो फोन वा ट्याब्लेट नियन्त्रण गर्नुहोस्। तपाईं वस्तु चयन गर्ने, स्क्रोल गर्ने र टेक्स्ट लेख्नेलगायतका प्रयोजनका लागि स्विच प्रयोग गर्न सक्नुहुन्छ।

तपाईं स्विच एक्सेसका सहायताले टचस्क्रिनको साटो एक वा सोभन्दा बढी स्विच प्रयोग गरी आफ्नो Android डिभाइस चलाउन सक्नुहुन्छ। तपाईं सीधै आफ्नो डिभाइस चलाउन सक्नुहुन्न भने स्विच एक्सेस तपाईंका निम्ति उपयोगी हुन सक्छ।

यो सुविधा चलाउन सुरु गर्न:
१. आफ्नो डिभाइसमा रहेको सेटिङ एप खोल्नुहोस्
२. "सर्वसुलभता > स्विच एक्सेस" मा ट्याप गर्नुहोस्।

स्विच सेटअप गर्नुहोस्

स्विच एक्सेसले तपाईंको स्क्रिनमा भएका वस्तुहरू स्क्यान गर्छ र तपाईंले कुनै एउटा वस्तु चयन नगरेसम्म हरेक वस्तु हाइलाइट गर्छ। तपाईं विभिन्न प्रकारका स्विचमध्ये कुनै पनि स्विच छनौट गर्न सक्नुहुन्छ:

भौतिक स्विचहरू
• USB वा ब्लुटुथ स्विचहरू, जस्तै बटन वा किबोर्डहरू
• डिभाइसमै भएका स्विचहरू, जस्तै भोल्युम घटबढ गर्ने बटनहरू

क्यामेराका स्विचहरू
• मुख आँ गर्ने, मुस्कुराउने वा आँखीभौँ उचाल्ने काम
• बायाँ, दायाँ वा माथि हेर्ने काम

आफ्नो डिभाइस स्क्यान गर्नुहोस्

स्विच सेटअप गरिसकेपछि तपाईं स्क्रिनमा भएका वस्तु स्क्यान गर्न र ती वस्तुसँग अन्तर्क्रिया गर्न सक्नुहुन्छ।

• लिनियर स्क्यानिङ: एक एक गरेर एउटा वस्तुबाट अर्को वस्तुमा जानुहोस्।
• रो-कोलम स्क्यानिङ: एक पटकमा एउटा रो स्क्यान गर्नुहोस्। रो चयन गरेपछि उक्त सूचीमा रहेका वस्तुहरूमा जानुहोस्।
• पोइन्ट स्क्यानिङ: कुनै खास तेर्सो र ठाडो स्थान चयन गर्न चलायमान रेखाहरू प्रयोग गर्नुहोस् अनि "चयन गर्नुहोस्" थिच्नुहोस्।
• ग्रुप सेलेक्सन: रङका विभिन्न समूहका निम्ति स्विचहरू तोक्नुहोस्। स्क्रिनमा भएका सबै वस्तुहरूका निम्ति बेग्लाबेग्लै रङ तोकिने छ। आफूले चाहेको वस्तुसँग मिल्दोजुल्दो रङसँग सम्बन्धित स्विच थिच्नुहोस्। आफूले चाहेको वस्तुसम्म नपुगुन्जेल समूहको आकार घटाउँदै लैजानुहोस्।

मेनुहरू प्रयोग गर्नुहोस्

कुनै एलिमेन्ट चयन गरेपछि तपाईं चयन गर्ने, स्क्रोल गर्ने, कपी गर्ने र पेस्ट गर्नेलगायतका गर्न सकिने अन्य विभिन्न कार्यहरू भएको मेनु देख्नु हुने छ।
यसका साथै स्क्रिनको सिरानमा पनि एउटा मेनु हुने छ जसका सहायताले तपाईं डिभाइसको एक ठाउँबाट अर्को ठाउँमा जान सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं सूचना खोल्ने, होम स्क्रिनमा जाने र भोल्युम घटबढ गर्नेलगायतका अन्य कार्यहरू गर्न सक्नुहुन्छ।

क्यामेराका स्विच प्रयोग गरी फोन चलाउनुहोस्

तपाईं फेसियल जेस्चरका सहायताले आफ्नो फोन चलाउन क्यामेराका स्विच प्रयोग गर्न सक्नुहुन्छ। आफ्नो फोनको अगाडिको क्यामेरा प्रयोग गरी फोनमा भएका एपहरू ब्राउज वा चयन गर्नुहोस्।
तपाईं हरेक जेस्चरको संवेदनशीलता र अवधि आफ्नो आवश्यकताअनुसार कस्टमाइज गर्न पनि सक्नुहुन्छ।

सर्टकटहरू रेकर्ड गर्नुहोस्

तपाईं टच जेस्चरहरू रेकर्ड गर्न सक्नुहुन्छ र यसरी रेकर्ड गरिएका जेस्चर कुनै स्विचमा तोक्न वा मेनुबाट सुरु गर्न सकिन्छ। टच जेस्चरअन्तर्गत पिन्च गर्ने, जुम गर्ने, स्क्रोल गर्ने, स्वाइप गर्ने र डबल ट्याप गर्नेलगायतका कार्यहरू पर्छन्। त्यसपछि तपाईं एउटै स्विचका भरमा प्रायः गरिराखिने वा जटिल प्रकृतिका कार्यहरू गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं बायाँतिर दुई पटक स्वाइप गर्ने जेस्चर रेकर्ड गरी इ-पुस्तकको दुई वटा पाना एकै पटक पल्टाउने कार्य गर्न सक्नुहुन्छ।

अनुमतिसम्बन्धी सूचना
• सर्वसुलभतासम्बन्धी सेवा: यो एपले सर्वसुलभतासम्बन्धी सेवा प्रदान गर्ने भएकाले यसले तपाईंले गर्ने कार्यहरू हेर्न, विन्डोमा भएको सामग्री पुनः प्राप्त गर्न र तपाईंले टाइप गर्ने टेक्स्ट हेर्न सक्छ।
मा अपडेट गरिएको
२०२४ जुलाई २४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

२.४
२२.९ हजार समीक्षाहरू

के नयाँ छ

यो अपडेटमा त्रुटिहरू सच्याइएका छन्।